समानुपातिकमा कुन दलले कति मत ल्याए


अहिलेसम्म प्रत्यक्षतर्फ सिट जितेर राष्ट्रिय दलका रुपमा कार्यमा रहेका दल ७ वटा छन् । जसमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी मात्र राष्ट्रिय दल बन्ने पक्का भएका छन् । यता समाजवादी पार्टी भने राष्ट्रिय दलको रुपमा नाम लेखाउन प्रयासरत छ ।

‘अब डेढ लाखजति मत गन्न बाँकी रहेको समयमा अन्य दलले थ्रेसहोल्ड कटाउने सम्भावना निकै कम रहेको छ ।
राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक कूल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड मत ल्याउनुपर्छ। मंसिर ४ को निर्वाचनमा कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० जनामध्ये ६१ प्रतिशत मतदानमा सहभागी भएका छन्। सामान्य हिसावमा १ करोड ९ लाख ७० हजारभन्दा बढी मतदान भएको देखिन्छ। तर यसमध्ये ३ लाख हाराहारी मत बदर भएको अनुमान आयोगको अनुमान छ ।

कूल सदर मत करिव १ करोड ६ लाख ७० हजार हुन्छ। यसको ३ प्रतिशत ९थ्रेसहोल्ड० कटाउन ३ लाख २० हजारभन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ ।
आयोगको ताजा तथ्यांकअनुसार समानुपातिकतर्फ अहिलेसमम १ करोड ३ लाख ८२ हजार ८५ मत सदर भइसकेको छ।

नेकपा एमाले
२७,७३,९९९

नेपाली कांग्रेस
२६,४४,२४१

एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा ९नेकपा माओवादी केन्द्र÷नेपाल समाजवादी पार्टी०
११,६१,२५६

राष्ट्रिय स्वतन्त्र पार्टी
११,१९,९९६

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८५,९२१

जनता समाजवादी पार्टी, नेपाल
४,२०,९३१

जनमत पार्टी
३,९४,३४५

नेकपा एकीकृत समाजवादी
२,९४,०६३

नागरिक उन्मुक्ति पार्टी
२,७१,६५८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२७८

नेपाल मजदुर किसान पार्टी
७५,०४४