चर्चित गायिका कल्पना दाहाल विवाहबन्धनमा


चर्चित लोक तथा दोहोरी गायिका कल्पना दाहाल विवाह बन्धनमा बाँधिएकी छन् । दाहाल अमेरिकामा बस्दै आएका पुण्य प्रसाद आर्चायसँग धार्मिक विधि अनुरुप आजबाट विवाह बन्धनमा बाँधिएकी हुन । पछिल्ला दिनहरुमा इन्द्रेणी कार्यक्रम मार्फत निकै चर्चामा आएकी गायिका दाहालको आर्चायसंग विवाह भएपछि अमेरिका जाने भएकी हुन ।

विवाह कार्यक्रममा उनलाई आशिवाद दिनको लागि विभिन्न संघसंस्थाका व्यक्ति, कलाकार तथा सांस्कृतिक क्षेत्रका विभिन्न महानुभाावहरुको सहभाागिता रहेको छ ।