इन्द्रेणी मार्फत आर्थिक सहयोग हस्तान्तरण


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न प्रकारका बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ । स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट प्राप्त रकमबाट फाउण्डेशनले पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेको हो । उपचार गर्न आर्थिक अभावका कारण जोखिममा परेका व्यक्ति, सडक मानव, मृगौलामा समस्या, क्यान्सर पिडित, मुटुरोगी प्रकृतिक प्रकोपमा परि घरबार विहिन भएकाहरुलगाएत बिभिन्न समस्याहरु भोगिरहेको पिडितहरुलाई फाउण्डेशनले आर्थिक सहयोग गर्दै आईरहेको छ ।

फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न सेवा, सन्देश र मनोरञ्जनका साथमा पीडितहरुलाई सहयोग गर्ने अभियानलाई ढेड दर्शक देखि निरन्तरता दिएका छन् । हुनेले दिने र नहुनेले लिने मान्यता अनुरुप फाउण्डेशन मार्फत मुलुकका विभिन्न स्थानमा कार्यक्रम सांगितिक कार्यक्रम पुस्तुत गरि सहयोग आदान प्रदान हुदै आएको छ ।

त्यसै गरी विदेशमा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्ने समुदायका मानिसहरुले नेपालमा समस्यामा परेका व्यक्ति, समुदाय, गौशालालगायतका क्षेत्रमा फाउण्डेशन मार्फतले निरन्तर रुपमा सहयोग गर्दै आएको हो । इन्द्रेणी कार्यक्रममा प्रशारण भएको विभिन्न दुःखी पीडित तथा असहायहरुको सहयोगका लागि विभिन्न महानुभावहरुले स्वयमको नाम पठाएको रकम समेत फाउण्डेशनले हस्तान्तरण गरेको हो ।दोहोरी युटुव च्यानल इन्द्रेणी डटकमबाट हेर्ने र सुन्न सकिन्छ । इन्द्रेणी मार्फत जस्ताको तस्तै सम्बन्धित व्यक्ति तथा संस्थालाई स्टुडियो कार्यक्रममा हस्तान्तरण गरेको सहयोग रकम यसप्रकार छ ।

हस्तान्तरण भएको रकमको विवरण
मनिष विश्वकर्मा २०,०००। लम्की कैलाली
देवि थापा १०,०००। पाठेघरको समस्या खोटाङ
गोल्छे सार्की २०,०००। पायलस भएको बाजुरा
जुना विक २०,०००। दृष्टिविहिन बाजुरा
तेजेन्द्र कंडेल १०,०००। फोक्सोमा समस्या कैलाली
रुपा रौताहर ५०,०००। करेन्ट लागेको निजको नाममा प्राप्त
भुषण परियार ३०,०००। रगत क्यान्सर काभ्रे पनौति
मनिका कुवँर ३०,०००। रगत क्यान्सर बझाङ
मोनिका बस्नेत ३०,०००। निजको नाममा प्राप्त मेरुदण्डको समस्या पाल्पा
पवित्रा सेवा समाज नेपाल २,२४,२८७ निजको नाममा प्राप्त बुढानिलकण्ठ
रुपेश दोङ ३०,०००। अपाङगता टाउको अप्रेशन सिन्धुली
सुसीला विक २०,०००। क्यान्सर रुकुम
स्नेही काख ४०,०००। लालितपुर निजको नाममा आएको
दिलिप तामाङ ५०,०००। रगत क्यानसर निजको नाममा आएको ओखलढुंगा
शुक्ला गण्डकी कृष्ण गौशाला १४,०००। निजको नाममा आएको सहित २०,०००। तनँहु