संसद् सचिवालयले चोलेन्द्रलाई दियो महाभियोग निष्क्रिय भएको पत्र


संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग निष्क्रिय भएको पत्र दिएको छ। राणाले मंगलबार संसद सचिवालयमा आफ्नो महाभियोगका विषयमा जानकारी माग गर्दै संसद् सचिवलायमा पत्र पठाएका थिए।

संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले मंगलबार नै राणाको महाभियोग निष्क्रिय भएको जवाफसहितको पत्र पठाएका थिए।संसद् सचिवलायका प्रवक्ता रोजनाथ पाण्डेले मंगलबार राणाले दिएको पत्रको जवाफ पठाइएको  नेपालखबरलाई बताए।

‘उहाँले निवेदन दिनुभएको थियो, हिजै त्यसको जवाफ उहाँलाई पठाइएको छ,’ पाण्डेले भने, ‘महाभियोग निष्क्रिय भएको हो वा अरु के हो थाहा भएन।’ ४ मंसिरको चुनावबाट नयाँ सांसद चुनिएपछि प्रधानन्यायधीश राणाविरुद्धको महाभियोग पनि निस्क्रिय भएको पत्र पठाइएको बताइएको छ।

१ असोजमा राणाविरुद्धको महाभियोग सिफारिस गर्न गठन गरिएको समितिले प्रतिवेदन बुझाएको थियो। गत फागुन १ मा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले राणाविरुद्ध महाभियोग दर्ता गराएपछि उनी स्वतस् निलम्बनमा परेका थिए।