नयाँ सरकार गठन प्रक्रिया सुरु


निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीसमक्ष मङ्सिर ४ गते सम्पन्न निर्वाचनको मतपरिणामको विवरण बुझाउनुभएको हो ।

आयोगले मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । यसअघि, आयोगले बुधवार हिजो निर्वाचनको सबै परिणाम घोषणा गरेको थियो ।

निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेसले ८९ सिट प्राप्त गरेको छ । त्यसैगरी, एमालेले ७८ सिट, नेकपा ९माओवादी केन्द्र० ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १४ सिट, जनता समाजवादी पार्टी जसपाले १२ सिट, नेकपा एकीकृत समाजवादीले १० सिट, जनमत पार्टीले ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ सिट ल्याउन सफल भएका थिए । २७५ सिट रहेको प्रतिनिधिसभामा नेपाली कांग्रेस पहिलो दल, एमाले दोस्रो दल र माओवादी केन्द्र तेस्रो दलको रुपमा उदाएको छ भने नयाँ शक्तिको रुपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आएको छ ।

निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने चार हजार २८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधि सभातर्फ पुरुष एक हजार ७७२ र महिला १८९ गरी जम्मा एक हजार ९६१ जनाको धरौटी रकम जफत भएको र प्रदेश सभातर्फ पुरुष दुई हजार ८६, महिला २३७ र अन्य एक गरी जम्मा दुई हजार ३२४ जनाको धरौटी रकम जफत भएको छ ।

त्यस्तै प्रतिनिधि सभामा प्रत्यक्षतर्फको निर्वाचनमा एक सिट पनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको राष्ट्रपतिसमक्ष बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेश सभातर्फ भने प्रदेश १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी रकम जफत भएको छ । समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कम्तीमा एक सिट प्राप्त गरी सात वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ एक करोड १० लाख ४७ हजार ३४ ९६१ दशमलव ४१ प्रतिशत० मतदान भएको थियो । जसमध्ये एक करोड चार लाख ८७ हजार ९५८ मत सदर भएको छ । ५ दशमलव शून्य ६ प्रतिशत मत भने बदर भएको उहाँको भनाइ छ । त्यसैगरी, प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार २२६ ६१ दशमलव ८५ प्रतिशत मतदान भएकोमा एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको र ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

प्रदेशतर्फ भने प्रत्यक्षतर्फ एक करोड १० लाख ३४ हजार ५०० ६१ दशमलव ३६ प्रतिशत मतदान भएकोमा एक करोड पाँच लाख ८५ हजार तीन सय मत सदर भएको र ४ दशमलव शून्य ७ प्रतिशत मत बदर भएको बताइएको छ । प्रदेश सभाको समानुपातिकतर्फ एक करोड १० लाख २८ हजार ३७६ ६१ दशमलव ३१ प्रतिशत मतदान भएकोमा एक करोड तीन लाख छ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगको भनाइ छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ पुरुष १८४ जना ६६ दशमलव ९० प्रतिशत र महिला ९१ जना ३३ दशमलव १० प्रतिशत निर्वाचित भएको जानकारी गराएको छ । त्यस्तै, प्रदेश सभातर्फ पुरुष ३५० जना ६३ दशमलव ६४ प्रतिशत र महिला २०० जना ३६ दशमलव ३६ प्रतिशत निर्वाचित भएको जनाइएको छ ।