बालप्रतिभासहित विभिन्न व्यक्तिलाई इन्द्रेणीबाट सहयोग


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न प्रकारका बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ । स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट प्राप्त रकमबाट फाउण्डेशनले पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेको हो । उपचार गर्न आर्थिक अभावका कारण जोखिममा परेका व्यक्ति, सडक मानव, मृगौलामा समस्या, क्यान्सर पिडित, मुटुरोगी प्रकृतिक प्रकोपमा परि घरबार विहिन भएकाहरुलगाएत बिभिन्न समस्याहरु भोगिरहेको पिडितहरुलाई फाउण्डेशनले आर्थिक सहयोग गर्दै आईरहेको छ ।

फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न सेवा, सन्देश र मनोरञ्जनका साथमा पीडितहरुलाई सहयोग गर्ने अभियानलाई ढेड दर्शक देखि निरन्तरता दिएका छन् । हुनेले दिने र नहुनेले लिने मान्यता अनुरुप फाउण्डेशन मार्फत मुलुकका विभिन्न स्थानमा कार्यक्रम सांगितिक कार्यक्रम पुस्तुत गरि सहयोग आदान प्रदान हुदै आएको छ ।

त्यसै गरी विदेशमा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्ने समुदायका मानिसहरुले नेपालमा समस्यामा परेका व्यक्ति, समुदाय, गौशालालगायतका क्षेत्रमा फाउण्डेशन मार्फतले निरन्तर रुपमा सहयोग गर्दै आएको हो ।

इन्द्रेणी कार्यक्रममा प्रशारण भएको विभिन्न दुःखी पीडित तथा असहायहरुको सहयोगका लागि विभिन्न महानुभावहरुले स्वयमको नाम पठाएको रकम समेत फाउण्डेशनले हस्तान्तरण गरेको हो ।दोहोरी युटुव च्यानल इन्द्रेणी डटकमबाट हेर्ने र सुन्न सकिन्छ । इन्द्रेणी मार्फत जस्ताको तस्तै सम्बन्धित व्यक्ति तथा संस्थालाई स्टुडियो कार्यक्रममा हस्तान्तरण गरेको सहयोग रकम यसप्रकार छ ।

हस्तान्तरण भएको रकमको विवरण
रन्जना परियार ३५,०००। दुवै मृगौला फेल तनँहु
बालिका विश्वकर्मा २०,०००। बालप्रतिभा कलाकार, आठविसकोट रुकुम
लक्ष्मी बोहोरा २०,०००। मुटुको अप्रेशन रुकुम
रुपेश लागेन २५,०००। मेरुदण्ड भाँचिएको भक्तपुर
रमिता कार्की १०,०००। मृगौला फेल दोलखा
श्रीकृष्ण खड्का २५,०००। मृगौला फेल काठमाडौं
हिमकुमारी रावत ३,०००। मानसिक रोगी काभ्रे
एकितमा परियार १६,५००। बलगायिका निजको नाममा आएको
राज गिरी २०,०००। ब्रेन ट्युमर रौतहट
इश्वरी परियार २०,०००। दृश्टिविहिन गायिका सल्यान
लोकनाथ कोइराला १५,०००। पेटमा समस्या धादिङ
दिपकराज जैसी २०,०००। मृगौला प्रत्यारोपण तातापानी सुर्खेत
राममाया प्रधान २५,०००। मृगौला फेल नुवाकोट
विपिन खनाल २५,०००। रगत क्यान्सर पाल्पा
विमा ढोल्थर २५,०००। मुटुमा प्वाल परेको सिन्धुली
गणेश नेपाली २५,०००। मृगौला फेल दैलेख
कसम विश्लोटार १०,०००। आन्द्रामा समस्या हुम्ला
गुम्जबहादुर राना ३५,०००। मृगौला फेल स्याङ्जा
लिल बहादुर कामी २०,०००। अपाङ्ग स्याङ्जा
गिरी प्रसाद शर्मा २५,०००। खप्पर झिपेको स्याङ्जा
देवेन्द्र नेपाली २०,०००। मनसिक रोगी तनहुँ
पश्सवर अधिकारी २०,०००। अप्रेशन जुम्ला
सावित्री पौडेल ३०,०००। क्यान्सर
विपसन बुढा मगर १५,०००। आन्द्रामा क्यान्सर रोल्पा
डम्मर सिहं बुढा २५,०००। क्यान्सर जुम्ला
रुद्र बहादुर कामी २५,०००। मृगौला फेल रुकुम पुर्व
भक्तबहादुर श्रेष्ठ २५,०००। मृगौला फेल सिन्धुपाल्चोक
हुतराज गौतम २५,०००। क्यान्सर ओखलढुङ्गा
झलक बहादुर शाही ३०,०००। मृगौलामा समस्या दोलखा
विष्णु बहादुर सुनार २०,०००। पेटको क्यान्सर नुवाकोट
शम्भु दाहाल १०,०००। मुटुरोग थानकोट
विधवर्म ३०,०००। क्यान्सर डोटी
इन्द्र कुमार श्र्रेष्ठ ३०,०००। मृगौला निकालेको धुलिखेल काभ्रे
कृष्ण बजगाई ३०,०००। पिसावमा समस्या कैलाली