सवारी दुर्घटनामा सुदूरपश्चिमका मन्त्री सिंह घाइते


सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदारस्युँ गाउँपालिका १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

 

उनका अनुसार गाडीमा सवार मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, भाउजु जयादेवी सिंह, पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशी घाइते भएका छन् ।

उनीहरुको उद्दार गरेर उपचारका लागि केदारस्युँ गाउँपालिका(१ देउरास्थित ऋृतु पोलिक्लिनिकमा लगिएको छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

केदारस्यूँ गाउँपालिका पृथ्वीबहादुर सिंह