ताप्लेजुङ र पाँचथरका बाढी पिडितलाई इन्द्रेणी कार्यक्रम मार्फत सहयोग हस्तान्तरण


ताप्लेजुङमा बाढीबाट प्रभावित भएका परिवारलाई कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनबाट आर्थिक सहयोग हस्तान्तरण भएको छ ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिक वडा नम्बर ६ मेहेले र ३ नम्बर वडा आङ्खोप यही असार २ गतेको बाढिपहिरोबाट मानविय क्षतिका साथै भौतिक क्षति समेत भएको थियो ।

विकट क्षेत्रका रुपमा समेत रहेको यस क्षेत्रको स्थलगत रिपोर्टिङसंगै पुर्णक्षति भएका १३ घर परिवारलार्र्इ फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलसहितको टोलीले सहयोग रकम हस्तान्तरण गरेको जनाएको हो ।

यादव कुमार बुढा ताप्लेजङ मेहेले गाँउपालिका सिदिङवाका बाढी पीडितलाई एक लाख रुपैयाँ, प्रेम सेलिङ, सुरेश सेलिङ, शेरबहादुर सेलिङ, मिना बुढाथोकी, डिल्ली सेलिङ ताप्लेजङुआङपोप ३ का बाढि पीडितलाई एक मुुण्ठ एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

यादव कुमार बुढा ताप्लेजङुसिदिङवा मेहेलेका बाढीपिडित मृतक परिवारका लागि १ लाख १ लाख २० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । सोही ठाँउका तारा राईका मृतक परिवारलाई ५० हजार रुपैयाँ रहर्क तामाङका मृतक परिवारलाई ३५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

यसै गरी कुल बहादुर चौहानलाई ३० हजार, तम्मर राई २५ हजार, तारसदिप लिङदेनलाई २५ हजार चन्द्रबहादुर लिम्बुलाई २५ हजार रुपैयांको चेक हस्तान्तरण गरिएको हो । बाढीबाट घरबहारविहिन भएका भिबहादुर पौडेललाई १० हजार रुपैयाँ गरी जम्मा ४ लाख २० हजार सहयोग हस्तान्तरण गरिएको अध्यक्ष कंडेलले जनाएका छन् ।

दुस्खमा इन्द्रेणी, सुखमा इन्द्रेणी भन्ने मुल मन्त्रका साथ सामाजिक क्षेत्रमा सक्रिय इन्द्रेणीले सेवा, संदेश र मनोरञ्जनका साथ निरन्तर आगाडी बढी रहेको छ । इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न क्यान्सर, मिर्गौला, र दिर्घ रोगीहरुलाई सहयोग गर्नुका साथै प्राकृतिक प्रकोपबाट समस्यामा परेका समुदाय, परिवार तथा व्यक्तिहरुलाई फाउण्डेशनले सहयोग गर्दै आएको छ ।

सहयोग रकम हस्तान्तरणका लागी इन्द्रेणीको टिम राजधानीबाट तिन लिन लगाएर प्रभावित क्षेत्रमा पुुगेको हो ।

यसैबीच पाँचथरको फिदिम नगरपालिका ४ हेवाखोलामा असार २ गते गएको बाढिपहिरोको स्थलगत रिपोर्टिङसंगै मृतक परिवार र पूर्णक्षति भएका २२ घरपरिवारलार्इ प्रमुख जिल्ला अधिकारी र स्थानिय सरकरको उपस्थितिमा ४ लाख ६५ हजार रुपैयाँ कृष्ण कंडेल इन्दे्रणी फाउन्डेसन मार्फात सहयोग हस्तान्तरण गरिएको छ ।