प्रचण्ड सरकारका ६ महिनामा ७७ बुँदे काम 


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठन भएको असार ११ गते छ महिना पूरा भएको छ । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्डको नेतृत्वमा गत पुस ११ गते सरकार गठन भएको हो । सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलगायतका विषयलाई केन्द्रमा राखेको सरकार गठन भएको थियो ।

सरकारले जिम्मेवारी सम्हालेको छ महिनाको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिलाई लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानुन तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।

सरकारले छ महिनाको अवधिमा ७७ वटा प्रमुख कार्य गरेको छ । समावेशी सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना, भ्रष्टाचार नियन्त्रण र राज्यको सबै चहमा सुशासनको प्रवर्द्धन गर्न सरकार प्रयत्नशील रहेको सरकारले जनाएको छ ।

यसैगरी, विकास निर्माण कार्यलाई गति दिने, शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हितको अधिकतम रक्षा गर्न प्रतिबद्ध रहेको छ ।

यसैगरी, सरकारले अर्थतन्त्रलाई गतिशील बनाएर फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने, गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने तथा सङ्घीयताको सबलीकरण र सुशासन कायम गर्ने लगायतका उद्देश्य राखेर प्रस्तुत गरिएको बजेटबाट मुलुकमा उत्पादन र उत्पादकत्व वृद्धि हुने, देशभित्रै आय तथा रोजगारीका अवसर सिर्जना हुने तथा आर्थिक र सामाजिक पूर्वाधार निर्माण गरेर उच्च आर्थिक वृद्धिको आधार तयार हुने अपेक्षा लिएको छ ।

https://drive.google.com/file/d/1VhyZK_xDIzBCEtY9LWuO3bCs2eli-0Wn/view