एसईई नतिजामा कति विद्यार्थीले कति जिपिए ल्याए (विवरणसहित)


राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई–२०७९ को नतिजा प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार ३।६ देखि ४ जिपिए ल्याउने २२ हजार ४७५ छन्। यो कुल विद्यार्थी सङ्ख्याको ४।६३ प्रतिशत हो ।

यस्तै ३।२ देखि ३।६ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या ५५ हजार ६९ छ। यो कुल विद्यार्थी सङ्ख्याको ११।६३ प्रतिशत हो । यस्तै २।८० देखि ३।२ जिपिए ल्याउने ७२ हजार ३६२ रहेका छन् । यो कुल विद्यार्थी सङ्ख्याको १४।९२ प्रतिशत हो ।

यस्तै २।४ देखि २।८ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या ८९ हजार ३३१ रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको १८।४२ प्रतिशत हो । २ देखि २।४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या एक लाख दुई हजार २९३ रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको २१।०९ प्रतिशत हो । १।६ देखि २ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ८८ हजार ४४७ रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको १८।२४ प्रतिशत हो ।

त्यसैगरी १।२ देखि १।६ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ७७० रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको ७।९९ प्रतिशत हो । यस्तै ०।८ देखि १।२ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या दुई हजार २०० रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको ०।४५ प्रतिशत हो ।

यस्तै, १३ हजार ९९२ विद्यार्थी अनुपस्थित वा एउटा कुनै विषय मात्र दिएका मध्ये रहेको परीक्षा बोर्डले जनाएको छ । यो कुल विद्यार्थी सङ्ख्याको २।८९ प्रतिशत हो । यस वर्षको एसईई परीक्षामा चार लाख ८४ हजार ९३९ जना विद्यार्थी सहभागी थिए।