साहित्यमा भानुभक्तको योगदान अतुलनीय


राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्धनमा भानुभक्तको योगदान अतुलनीय रहेको बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको अवसरमा शुभकामना दिँदै उहाँले जन्मजयन्तीको यस अवसरले मुलुकभित्रका जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिको संरक्षण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

भानुभक्तको कविता प्रसारसँगै मुलुकको बहुभाषिक र बहुसांस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको तथा भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रूपमा समुन्नत तुल्याएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “भानुजयन्ती मनाइरहँदा हामीले उनको जन्मस्थल चुँदीरम्घालाई पनि सम्झनु जरुरी छ । उक्त स्थललाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्न सकेमा नै उनीप्रति हाम्रो सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्दछ ।”

भानुभक्तले अत्यन्त सरल र रोचक ढङ्गले नेपालीमा लेखेको रामायण सबै नेपालीले सरल ढङ्गले पढ्न सक्ने हुँदा यसबाट हिमाल, पहाड र तराईका जनताबिच भावनात्मक एकता अभिवृद्धि भएको सन्देशमा उल्लेख छ ।<img src=”http://palikaonline.com/wp-content/uploads/2023/07/bhanu-scaled.jpg” alt=”” width=”1861″ height=”2560″ class=”alignnone size-full wp-image-4765″ />