टिचिङ अस्पताल महाराजगञ्जको फार्मेसी इञ्चार्जबाट हात्महत्या


त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा कार्यरत एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।

अस्पतालमा कार्यरत फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था फेला परेका हुन । जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार बिहान साढे ८ बजे झुण्डिएको अवस्थामा फेला परेको जनाएको छ । प्रहरी वृत्त, महाराजगञ्जको टोली अस्पताल पुगी अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा दुई पानाको सुसाइड नोट समेत भेटिएको प्रहरीले बताएको छ । उनको मृत्यु हुनुको कारण बारेमा अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ ।