कांग्रेसको आर्थिक र शैक्षिक नीति कार्यान्वयनमा पुनर्विचार गर्नुपर्छ : नेता सिटौला


नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको आर्थिक र शैक्षिक नीति कार्यान्वयनमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । आइतबार बिपी स्मृति दिवसको अवसरमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल केन्द्रीय क्याम्पस कीर्तिपुर एकाइद्वारा ओजित कार्यक्रमा सिटौलाको यस्तो बताएका हुन् ।

जनताको निराशालाई सम्बोधन गर्न कांग्रेसले आर्थिक र शैक्षिक नीति कार्यान्वयनमा प्राध्यापक एवं विज्ञको छलफलबाट आएको निष्कर्षको आधारमा पुनरावलोकन गर्नुपर्ने उनको भनाइ थियो । संविधानमा मौलिक हकको रूपमा राखेका प्रावधानहरु बिपीको समाजवादसँग नजिक रहेपनि कार्यान्वयन नभएकोले अब नयाँ ढङ्गले अघि बढ्नुपर्ने सिटौलाले बताए ।

सो कार्यक्रममा प्रा।डा। ओम शर्माले बीपीको सैद्धान्तिक र व्यावहारिक पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आर्थिक नीति निर्माताले बिपीलाई अँगाल्नुपर्ने तथ्यगत आधार प्रस्तुत गरे । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका केन्द्रीय अध्यक्ष जगत तिमिल्सिनाले शिक्षा क्षेत्रलाई सरकारले प्राथमिकतामा पार्नु पर्नेमा जोड दिए ।

त्यस्तै सचिब विष्णु पोख्रेलले शिक्षामा राज्यले यथोचित ध्यान नदिदा विदेश पलायन बढेको र प्राध्यापकहरुलाई विचारमा बन्देज लगाउँदा लोकतान्त्रिक व्यवस्था कसरी बलियो हुन सक्छ भनी प्रश्न गरे । स्ववियु सभापति श्याम ओझाले शैक्षिक अवस्था सुधारमा जोड दिए । प्रा डा। खुम नारायण पौडेल र डा दिपेश घिमिरेले वैचारिक धरातल कमजोर भयो भने संगठन कमजोर हुने कुरा राखे ।