आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले मंगलबार बिहानै देखि देशभर मौसम बदली रहँदै सातै प्रदेशमा वर्षा भइरहेको जनाएको हो ।

विभागका अनुसार दिउँसो गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।  भरे राति देशभरको मौसम सामान्य बदली रहनेछ ।

आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा पनि मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण कतिपय स्थानमा बाढिपहिरोको सम्भावना रहेको जनाउँदै विभागले सर्तकता अपनाउन पनि सबैमा अनुरोध गरेको छ ।