इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल गोकर्णेश्वरमा सम्मानित


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष तथा लोकप्रिय इन्द्रेणी कार्यक्रममा सञ्चालक कृष्ण कंडेल सम्मानि भएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्टिय शहिद तथा शान्ति पार्क निजामति स्मारकमा आयोजित कार्यक्रममा सञ्चालक कंडेल सम्मानित भएका हुन । जनताको सेवा र लोकसंस्कृतिका लागि पुराएको योगदानको उच्च कदर गर्दै सम्मान गररेको हो । समाजले विभिन्न क्षेत्रमा योग्दान पुराएका महानुुभावहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा गृहमन्त्री नारायण काजी श्रेष्ठले यो वा त्यो बहानामा भ्रष्टाचारी उम्कन नसक्ने ठोकुवा गरेका छन् । शनिवार काठमाडौंमा आयोजित हरित स्वयंसेवक परिचालन कार्यक्रममा उनले, भ्रष्टाचार विरुद्धको अभियानमा सरकारलाई रोक्ने काम भैरहेको भन्दै राष्ट्र विकासको बाधको रुपमा रहेको भ्रष्टाचार र कमिसनखोर प्रवृतिलाई अन्त्य गर्न सरकार डटेर लागेको बताए ।

यो वा त्यो बाहानामा साथिभाई, राजनीतिक दल, नातासम्बन्ध, ठूला घराना कसैको पनि सरकारले मतलव नगरी भ्रष्टाचारका दोषीलाई कारवाही गर्ने उनको दाबी छ । ‘अहिले सरकारले चालेको भ्रष्टाचार, गठी विरोधि अभियानमा, जो संगठित अपराधहरु देशमा जनता र राज्यलाई चुस्ने काम भैराखेको छ त्यो सन्दर्भमा चालीएको अभियानमा सबैको सहयोगको अपेक्षा गर्छु, भैरहेको पनि छ ।

युवाहरु देशमा केही हुन्छ भनेर आशाबादी र उत्साहित बनेका छन्,यो धेरै राम्रो पक्ष हो ।’ उनले भने, ‘तर, कता कता यसले कसलाई तान्ने हो भनेर, विभिन्न त्यान्द्रोहरु जोडिएकाहरु कराउँछन् भने त्यसमा हामी सचेत हुनुपर्छ । त्यसले सरकारको यो दिशालाई विश्राम दिदैन । कसैले नसोचे हुन्छ,भ्रष्टाचार,बेथिति र ठगि विरोधि अभियानलाइ हामी रोक्न सक्दैनौ,त्यो कृपा कसैले नगरे हुन्छ ।’

उनले सरकारले कुनै राजनीतिक दल,नेता, व्यापारिक घरना, साथीसंगी कसैलाई नचिन्ने र ति कसैको मतलव नगरी भ्रष्टाचारमा दोषी पाइएकालाई कुनै कृपा नगरी कानूनी कारबाही गर्ने दाबी गरे । ‘हामी भ्रष्टाचार,बेथिति र ठगि विरोधि अभियानलाई रोकेर कसैमाथि कृपा गर्न सक्दैनौ । जुनसुकै राजनीतिक पार्टीको होस्,जुनसुकै परिवार र घरानाको होस्,जो सुकैको नातासम्बन्ध होस्,जुनसुकैको साथि सङ्गी होस्,जुनसुकैले पैसा दिएर आफ्नो धानेको होस् ति कसैसंग सरकारलाई मतलव छैन् ।

जो अनुसन्धानको आधारमा दोषी,अपराधि देखिन्छ,उनिहरुलाई कानूनको दायरामा ल्याइने छ । जो निर्दोष छ उसलाई यो देशमा शिर ठाडो पारेर स्वतन्त्र नागरिकको रुपमा बाँच्ने अवसर दिनेछौं,’ गृहमन्त्री श्रेष्ठले भने । सरकारले आर्थिक सामाजिक विकास संगै सुशासन र संमृद्धिको यात्रामा अब पनि दृढ भएर नलाग्ने हो भने देशमा गम्भीर गत्यावरोधको स्थिति आउने भन्दै त्यसले देशलाई अराजकता र असफलता तिर लैजाने उनको धारणा छ ।

सुशासन स्थापनाको लागि अवसर नभएको भन्दै उनले सुशासनको पक्षमा सुरु गरेको कामलाई प्रभावकारी ढंगले टुंगोमा पु¥याएर नेपाललाई संमृद्ध बनाउने कार्यमा सबैको साथ आवश्यक रहेको नेवाल न्यूज बैकले लेखेको छ ।