पाकिस्तानमा बम विष्फोट, ३५ जनाको मृत्यु


blog

उद्धारका लागि घटनास्थलमा पुगेको एम्बुलेन्स । तस्बिरः जिओ न्युज

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको जिओ न्युजका अनुसार विष्फोटमा दर्जनौं घाइते भएका छन् भने मृत्यु हुनेको संख्या ३५ पुगेको हो ।

खैबर पख्तुनख्वा प्रान्तका प्रहरी महानिरीक्षक अख्तर हयात गन्दापुरलाई उद्धृत गर्दै एएफपीले एक वरिष्ठ नेताले समारोहलाई सम्बोधन गर्ने कार्यक्रममा विष्फोट भएको जनाएको छ ।

अफगानिस्तानसँग सीमा जोडिएको खार सहरमा यसै वर्षको अन्त्यमा हुन लागेको निर्वाचनअघि हुन लागेको जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको अधिवेशनलाई लक्षित गरी विष्फोट गराइएको अनुमान प्रहरीले गरेकाे समाचारमा उल्लेख गरिएको छ ।

जिल्लाका वरिष्ठ प्रशासन अधिकारी अनवर उल हकले समाचार तयार पार्दासम्म मृतकको सङ्ख्याबारे अझै आधिकारिकरूपमा जानकारी आइनसकेको बताउनुभएको छ । राससको सहयोगमा