ज्ञानेन्द्र  मल्लको सन्न्यास घोषणा 


नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सन्न्यास घोषणा छन्। क्रिकेटर मल्लले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सन्न्यास घोषणा गरेका हुन्। 

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिँदै नयाँ यात्रा सुरुवात गरेकाे र याे आफ्नाे बिदाइ नभएकाे बताए। मल्लको सन् २००५ देखि  यू–१५ टोलीबाट खेलयात्रा सुरु गरेका थिए।

उनको अन्तिम खेल २०२३ मा जिम्बाबेकाे हरारे मैदानमा भएकाे आइसिसी विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धकाे खेल रह्ययाे। ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी-२० खेलमा एक हजार आठ सय दुई रन बनाएका छन्।

उनले घरेलु प्रतियोगिता पनि नखेल्ने घोषणा गरेका छन्।