चार प्रदेशमा भारी वर्षाको सम्भावना


जल तथा मौसम पूर्वानुमान महाशाखाले आज -सोमबार_ देशभरको मौसम सामान्य देखि पूर्ण बदली रही बागमती सहित चार प्रदेशमा भारी वर्षा हुने जनाएको छ ।

हाल देशभर मौसम सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर मौसम सामान्य देखि पूर्ण बदली रहनुका साथै सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आज कोशी, मधेश, बागमती, गण्डकीमो धेरै स्थान तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने उल्लेख गरेको छ ।

त्यस्तै सोमबार राती कोशी, मधेश, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने प्रक्षेपण महाशाखाको रहेको छ । साथै बाँकी अन्य प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा सबैभन्दा धेरै वर्षा लुम्लेमा ३० दशमलव ५ मिलिमिटर मापन भएको छ । त्यसपछि पोखरामा २६ दशमलव १ मिलिमिटर, घोराहीमा २५ मिलिमिटर र काठमाडौंमा १८ दशमलव ६ मिलिमिट वर्षा भएको छ ।