नागढुङ्गा सुरुङ आपत्कालीन मार्ग छिचोलियो


blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालस्थित जापानी राजदूत र जाइकाका प्रमुखलेको उपस्थितिमा सुरुङ मार्ग छिचोल्ने कार्यक्रम गरियो । तस्बिर : सुजन गु

निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको आपत्कालीन मार्गको छिचोलिएको ‘ब्रेक थ्रु’ भएको छ । आज (सोमबार) नेपाली र जापानी संस्कृति अनुसार अन्तिम विस्फोट गराएर सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङ मार्ग छिचोल्ने कार्यक्रम गरिएको हो । कार्यक्रममा मन्त्री ज्वाला, नेपालस्थित जापानी राजदूत र जाइकाका प्रमुखले नेपाली र जापानी संस्कृति अनुसार नरिवल फुटाएर चामल, वाइन, नुन र फुलबाट संयुक्त पूजा गरेर मार्ग खोल्नुभएको थियो ।

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले दुई हजार ५५७ मिटरमध्ये दुई हजार ५५६ मिटर खन्ने काम पूरा भइसकेको जानकारी दिनुभयो ।

सुरुङ मार्गमा धादिङ (पश्चिम) तर्फबाट प्रवेश गरी काठमाडौँ (पूर्वतर्फ) निस्किने कार्यक्रम छ । मुख्य र सहायक सुरुङ जोड्न निर्माणाधीन सात वटा ‘क्रस प्यासेज’ को कुल लम्बाइ १२८ मिटरमध्ये अब १२ मिटर मात्र खन्न बाँकी छ ।