युवा दिवसमा इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेल सम्मानित


युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले देशलाई संमृद्धिको यात्रामा लैजान युवा सक्षम रहेको भन्दै युवाको काँधमा देशको नेतृत्व गर्ने जिम्मेवारी आइसकेको बताउँनुभयो ।
२४ औँ अन्र्तराष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर शनिबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको अन्र्तराष्ट्रिय युवा दिवस २०८०–मुल समारोहमा मन्त्री लिम्बूले अहिले पुरानो पुस्ताले देशको जिम्मेवारी सम्हालेपनि नयाँ पुस्ता जिम्मेवारी लिन तयार रहेको बताँउनुभयो । उहाँले मुलुकको नेतृत्व गर्ने जिम्मा युवाको हातमा पुग्ने बेला भैसकेको र त्यसका लागि युवालाई तयार रहन अनुरोध गर्नुभयो ।

त्यस्तै सरकारले गरेको कार्यप्रति अहिले युवाहरु असन्तुष्ट रहेको स्वीकार्दै मन्त्री लिम्बूले यस बारे मन्त्रालय चिन्तित रहेको स्विकार गर्नुभयो । मन्त्री लिम्बुले आगामी कार्ययोजना र नीति परिमार्जन गर्न युवालाई अनुभवलाई समेटेर सुझाव दिनका लागि आग्रह पनि गर्नुभयो । त्यस्तै युवा तथा खेलकद मन्त्री लिम्बूले युवालाई सरकारले देश र रोजगारीसँग जोड्नको लागि यो आर्थिक वर्षलाई युवा उद्यमशील वर्षको रुपमा मनाउने घोषणा गरेको उल्लेख गर्नुभयो ।

२४ औँ अन्तर्राष्ट्रिय युवा दिवस पारेर आयोजना गरिएको उक्त कार्यक्रममा बिहानै राष्ट्रिय युवा परिषद्ल,रिटर्नी नेपाल, विभिन्न गैरसरकारी संघसंस्था र युवा क्लबहरुले प्रभातफेरी निकालेका थिए । ‘‘दिगो विकास लक्ष प्राप्तिमा युवाको साथ ः नवप्रवद्र्धन र उद्यमशीलतामा हरित सीप विकास’’ भन्ने नाराका साथ यो वर्ष अन्तराष्ट्रिय युवा दिवस मनाइँएको हो ।

ष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष तथा लोकप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल सम्मानित हुनु भएको छ । इन्द्रेणी कार्यक्रम सञ्चालक कंडेललाई सांस्कृति र मौलिक सभ्यातको क्षेत्रमा युवा माझ लोकप्रिय रहेका भन्दै सम्मान गरिएको हो ।
शनिबार बिहान प्रभात फेरि निकाल्दै नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरीको ब्याण्डबाजासहित युवाका क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाहरुले युवाहरुको सहभागितामा ‘दिगो विकास लक्ष्य प्राप्तीमा युवाको साथ, नर्वप्रवद्र्धन र उद्यामशिलतामा सिप विकास’ भन्ने नाराका साथ यो दिवस मनाएका हुन ।