मुस्ताङको कागबेनीमा बाढीको वितण्डा


मुस्ताङको कागबेनीमा बाढीले प्रहरीचौकीसहित १३१ वटा संरचनामा पूर्ण क्षति पु¥याएको छ ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी राती कागबेनी बस्तीमा छिरेपछि  प्रहरी चौकी, घर÷होटल, जोमसाोम–कोरोरा सडकको पक्की मोटरेवल पुल, एउटा झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल बगाएको छ ।  सबै गरी हालसम्म ३१ वटा भौतिक संरचनामा क्षति भएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

त्यसैगरी ग्रेगरसहित आएको बाढीले कागबेनीस्थित धर्मशाला पनि पुरेको छ । मनसुनमा पनि पानी नपर्ने मुस्ताङमा दुई दिनदेखि लगातार वर्षा भएपिछि  ग्रेगरसहित आएको बाढीका कारण ठूलो क्षति पुगेको र अपर मुस्ताङसँगको सडक सम्पर्क छुटेको प्रजिअ केसीले जानकारी दिए ।

घटनास्थलमा पुगेका केसीले भने,‘ बिहानसम्म ३१ वटा भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ । बाँकी क्षतिको विवरण संकलन गरिरहेका छौं । एकमात्र पक्कि मोटरेवल पुलपनि बाढीले बगाएपछि हाम्रो अपर मुस्ताङसँग सडक सम्पर्क पनि टुटेको छ ।’

आइतबार राती स्थानीय ठाडो कागखोलामा आएको बाढीले कागबेनी बस्तीमा वितण्डा मच्चाएको स्थानीय रविन्द्र भुजेलले बताए ।

बाढीपहिरोले मुस्ताङको सडकमार्गको ठाउँठाउँमा पहिरो खसेर बिग्रेको छ । स्थानीय प्रसाशन,शसस्त्र प्रहरी,प्रहरीलगायत सबै निकायसँगको सहकार्य र समन्वयनमा उद्दार कार्य जारी रहेको प्रजिअ केसीले जानकारी दिए । Nepal News Bank