कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न प्रकारका बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ । स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट प्राप्त रकमबाट फाउण्डेशनले पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेको हो । उपचार गर्न आर्थिक अभावका कारण जोखिममा परेका व्यक्ति, सडक मानव, मृगौलामा समस्या, क्यान्सर पिडित, मुटुरोगी प्रकृतिक प्रकोपमा परि घरबार विहिन भएकाहरुलगाएत बिभिन्न समस्याहरु भोगिरहेको पिडितहरुलाई फाउण्डेशनले आर्थिक सहयोग गर्दै आईरहेको छ ।
फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न सेवा, सन्देश र मनोरञ्जनका साथमा पीडितहरुलाई सहयोग गर्ने अभियानलाई ढेड दर्शक देखि निरन्तरता दिएका छन् । हुनेले दिने र नहुनेले लिने मान्यता अनुरुप फाउण्डेशन मार्फत मुलुकका विभिन्न स्थानमा कार्यक्रम सांगितिक कार्यक्रम पुस्तुत गरि सहयोग आदान प्रदान हुदै आएको छ ।
त्यसै गरी विदेशमा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्ने समुदायका मानिसहरुले नेपालमा समस्यामा परेका व्यक्ति, समुदाय, गौशालालगायतका क्षेत्रमा फाउण्डेशन मार्फतले निरन्तर रुपमा सहयोग गर्दै आएको हो । इन्द्रेणी कार्यक्रममा प्रशारण भएको विभिन्न दुःखी पीडित तथा असहायहरुको सहयोगका लागि विभिन्न महानुभावहरुले स्वयमको नाम पठाएको रकम समेत फाउण्डेशनले हस्तान्तरण गरेको हो ।दोहोरी युटुव च्यानल इन्द्रेणी डटकमबाट हेर्ने र सुन्न सकिन्छ । इन्द्रेणी मार्फत जस्ताको तस्तै सम्बन्धित व्यक्ति तथा संस्थालाई स्टुडियो कार्यक्रममा हस्तान्तरण गरेको सहयोग रकम यसप्रकार छ ।
सहयोग हस्तान्तरणको विवरण
१ विमला भण्डारी २५ हजार क्यान्सर पीडित काभ्रे
२ कल्पना खत्री ३० हजार क्यान्सर पीडित रुपन्देही
३ गोविन्द्र नेपाली २० हजार लिभरमा समस्या भोजपुर
४ राधिका पौडेल १५ हजार अपाङ सिन्धुपाल्चोक
५ सुक विक तामाङ २५ हजार मृगौला फेल दोलखा
६ हरिष अवस्थी २५ हजार पिसाव नलीमा खरावी कञ्चनपुर
७ शंकर पोखरेल २० हजार खुट्टामा समस्या चितवन
८ देव कुमारी श्रेष्ठ ३० हजार घाँटीमा क्यान्सर रामेछाप
९ आर्पन सावद ३० हजार रगत क्यान्सर अछाम
१० नारायण कुमार श्रेष्ठ ३० हजार कलेजो फेल धादिङ
११ सन्जु तामाङ ३० हजार बाढीपहिरोमा घाइते नुवाकोट
१२ रोनिक परियार १० हजार क्यान्सर अर्घाखाँची
१३ विनोद कुमार साह २५ हजार मृगौला फेल सप्तरी
१४ माङगिन मिया २५ हजार मृगौला फेल सप्तरी
१५ यमडिथतबुल राईन २५ हजार मृगौला फेल धनुषा
१६ टेक बहादुर विश्वकर्मा २५ हजार मृगौला फेल मोरङ
१७ भुलकुन कुमारी साह २५ हजार क्यान्सर पीडित सप्तरी
१८ रोशनी घर्ति १५ हजार ब्रेन टेयुमर म्याग्दी
१९ दिपा कुलाल १० हजार पेटमा थाइराइड विरामी मुगु
२० चन्द्रबहादुर मज्जिर ४० हजार उपचार कलाकार सुर्खेत
२१ सुभद्रा पौडेल ३० हजार निजको नाममा आएको १५ हजार कृष्ण कंडेल इन्द्रेणी फाण्डेशन मार्फत गरी जम्मा ४५ हजार नुवाकोट
२२ झमबहादुर राना २५ हजार मृगौला फेल बाग्लुङ
२३ जानदेवि बुढा २५ हजार मृगौला फेल मुगु
२४ बेलीमाया नेपाली ३० हजार क्यान्सर पीडित धादिङ
२५ रामेश्वर परियार ३० हजार मृगौला फेल चितवन
२६ तेजबहादुर भुजेल ३० हजार मृगौला फेल झापा
२७ गोविन्द्र विक २५ हजार आन्द्रामा क्यान्सर नुवाकोट
२८ गंगा कुमारी विश्वकर्मा २५ हजार मृगौला फेल संखुवासभा
२९ निर्मला नेपाली २५ हजार स्तन क्यान्सर नुवाकोट
३० सिता राउत २५ हजार क्यान्सर पनौति काभ्रे