इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल र अभिनेत्री रेखा शाहबीच दोहोरी भिडन्त


चर्चित लोक गायिका तथा अभिनेत्रृ रेखा शाहले इन्द्रेणी कार्यक्रमका सञ्चारक कृष्ण कंडेललाई दोहोरीमा टक्कर दिएकी छन् । कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष समेत रहेका कृष्ण कँडेलसंगै दोहोरी गाएर मोडल शाहले कडा  टक्कर गरेकी हुन ।

कंडेल र शाहबीच दोहोरी प्रस्तुती गर्दा दर्शकले निकै चासोका साथ अवलोकन गरी छमछमी नाचेका हुन । पहेलो हाप वान पिसमा सजिएकी शाहले आफुले इन्द्रेणी प्रस्तुती राख्न पाउदाँ निकै खुशी व्यक्त गरिन ।


सेवा, संदेश र मनोरञ्जनका सञ्चालित इन्द्रेणी कार्यक्रममा मोडल रेखा मात्र होइन निकै पुरान ७० बर्ष माथिका राष्ट्रिय कलाकारहरुले समेत तीजको अवसरमा आफ्नो अनुभव सहित मौलिक पुराना तीन गित प्रस्तुत गरेका हुन ।

वरिष्ठ लोक गायिका तथा सर्जक चन्द्रकला शाह, वरिष्ठ लोक गायिका तथा सर्जक ज्ञानु राणा, वरिष्ठ लोक गायिका तथा सर्जक बाबा राणालगायतले विगतमा हुने गरेका गीत र अहिका आधुनिक तिज गीतको समिक्षा समेत गरेका थिए । रेडियो नेपालमा समेत सयौं यस्ता पुराना भाका र मौलिकतासम्बन्धी गितहरु रेकर्ड गराई सकेका कलाकारहरुले नेपाली मौलिक लोक भाकासहित इन्द्रेणी प्रस्तुत गर्दा सहभागीहरु निकै उत्साहित भएका थिए ।

कार्यक्रममा सयौं महिलाहरु सहभाागी भई तीज विशेष गितमा रमाएका हुन । यसैगरी वरिष्ठ लोक गायिका तथा सर्जक कविता आलेको तीज बिशेष प्रस्तुति व्यक्त गरिन भने इन्द्रेणीकी गायिका भुमिका बयक र कृष्णा बजगाँई रमाइलो प्रस्तुति दिदां सबै जनाले सन्तोष व्यक्त गरेका थिए ।

कार्यक्रममा कृष्ण कंडेल इन्द्रेणी फाउडेशन मार्फत विभिन्न क्यान्सर पिडित, मिर्गौला पिडित र दिर्घ रोगीहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । यस्तै कार्यक्रम अवलोकन गर्न आउने सुभेच्छुकहरुबाट समेत विभिन्न संघसंस्था, व्यक्ति तथा दुःखी पिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन । यस कार्यक्रमको भिडियो हेर्नको लागि इन्द्रेणी युटुव च्यानल लगइन गर्न सकिनेछ ।