त्रि–चन्द्र कलेजका पूर्व प्राध्यापक नौ दिनदेखि बेपत्ता


त्रि–चन्द्र कलेज काठमाडौंका पूर्वप्राध्यापक डाक्टर दलबहादुर अधिकारी नौ दिनदेखि बेपत्ता भएका छन्। गत साउन ३२ गते बिहान करिब पौने ११ बजे काठमाडौंको बुढानीलकण्ठ नगरपालिका पञ्चकन्या कोलनीबाट निस्किए पनि हालसम्म सम्पर्कमा नआएको परिवारले बताएका छन् ।

अधिकारीकी बुहारी डाक्टर अनिता वाइबा अधिकारीले ससुरालाई बिर्सने रोग (अल्जाइमर) भएको बताउँदै घर परिवारले हेरचाह गर्दागर्दै पनि अचानक गेट बाहिर गएकाले वेपत्ता भएका बताएकी छन् । एक वर्षदेखि कोलनीको गेटभन्दा बाहिर एक्लै नगएपनि ३२ गतेका दिन कोलनीभित्रै मर्निङ वाक गरेर चिया–नास्ता खाएर बसेको केही क्षणमै सम्पर्क बाहिर अधिकारी भएको उनको भनाई छ ।

लामो सम्वाद स्पष्टसंग कुराकानी गर्न समेत समस्या भएका अधिकारी प्रेसर, सुगरको समस्या समेत छ । ६८ वर्षिय प्रा.डा. अधिकारीमा पछिल्लो समय बिर्सने रोग झनै बढेको उनलाई चिन्नेहरु बताउँछन । लामो समय त्रि–चन्द्र कलेज, काठमाडौं विश्वविद्यालय र अन्य प्राइभेट क्याम्पसहरूमा पनि उनले प्राध्यापन गरेकाले शुभेच्छुक विद्यार्थीहरु समेत खोजी कार्यमा लागेको काठमाडौंका सन्दिप दुलालले बताए ।

केही वर्षअघिसम्म नेसनल कलेजमा अध्यक्ष रहेका अधिकारीलाई रोगले च्याप्दै गएपछि तीन वर्षअघि सो पद छाडी घरमै उपचार गरी बसेका थिए । पुखौली घर गुल्मी भएका अधिकारी घरबाट निस्किएको थाहा पाएपश्चात् सोही दिनदेखि नै परिवारले खोजी कार्य निरन्तर जारी राखेको आफ्न्तले जनाएका छन्।

बुहारी अनिताका अनुसार घरबाट निस्किएको दिन प्रा।डा। अधिकारीले हल्का सेतो रङको सर्ट र खरानी रङको सुरुवाल लगाएका थिए। जन्मजात ओठ फाटेका अधिकारी गहुँगोरो वर्णका छन। आफ्न्त र प्रहरीसंगको सहकार्यमा खोजी कार्य जारी रहेको आफ्न्तहरुले बताएका छन् ।

डिवि अधिकारी सर्च टिम फेसबुक गुप्र बनाएर शुभचिन्तकहरुले खोजी अभियानलाई तिव्र बनाएका छन् । यदि कसैले उनलाई देखेमा नजिकको प्रहरी कार्यालय, सम्बन्धीत स्थानीय तह वा ९८४१४२४२६२ मा खबर गरिदिन परिवारले अपिल गरेको छ। (सामाजिक उत्तरदायित्वका लागि)