नेपाललाई पाकिस्तानको तीन सय ४३ रनको लक्ष्य


बाबर आजम र इफ्तिखर अहमदले सदकीय इनिङस् खेलेपछि एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई जितका लागि तीन सय ४३ रनको लक्ष्य दिएको छ । मुल्तान क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरका ६ विकेटको क्षतिमा तीन सय ४२ रन बनायो ।

पाकिस्तानका लाजि बाबर र इफ्तिखरले सतकीय पारी खेल्नुभयो । बाबरले एक सय ५१ र इफ्तिकरले एक सय नौ रन बनाउनुभयो । बाबरले एक सय ३१ बलमा १४ चौका चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । इफ्तिखरले ७१ बलमा ११ चौका चार छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो ।

मोहम्मद रिजवानले ४४, फखार जमानले १४ रन बनाउनुभयो । इमाम उल हक र अघा सलमान पाँच पाँच रनमा आउट हुनुभएको थियो । बलि।मा नेपालका सोमपाल कामीले दुई विकेट लिनुभयो । करण केसी र सन्दीप लामिछानेले एक एक विकेट लिनुभयो ।