एसिया कपः नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य


श्रीलंकामा जारी एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि ब्याटिङको पाएको ४८।२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोड्यो ।

जसमा ओपनार आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८ र दीपेन्द्रसिंह ऐरीले २९ रन बनाएर आउट भए । त्यसैगरी गुल्सन झाले पनि २३ रन जोडे ।