भारतमा चिनीको मूल्य बढेर ६ वर्षयताकै उच्च विन्दुमा


भारतमा चिनीको मूल्य बढेर ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । विगत १५ दिनमा नै भारतमा ३ प्रतिशतभन्दा बढीले महंगिएको हो । भारतका प्रमुख चिनी उत्पादक क्षेत्रमा पानी नपरेपछि आगामी सिजनमा उत्पादनमा कमी आएपछि मूल्य वृद्धि भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार गोंलभेडा र प्याजको भाउमा केहि राहत पाउनासाथ अब चिनीको मूल्य बढेपछि नागरिकहरूमा फेरि समस्या फेरि बढ्ने भएको छ । चिनीको मूल्यवृद्धिको असर नजिकिँदै गरेका चाडपर्वमा देखिने भएको हो । नेपालमा पनि यसको सिधै असर देखिने भएकाले उपभोक्ताहरू महंगीको मारमा पर्ने भएका छन् ।

नेपालले गत वर्ष ९५ लाख २१ हजार ५९४ किलो चिनी भारतबाट आयात गरेको थियो । उक्त परिमाणको चिनी किन्न नेपालले गत वर्ष ३२ करोड ५ लाख ६१ हजार रूपैयाँ खर्च गरेको थियो ।

गत महिना अर्थात् साउनमा मात्र नेपालले भारतबाट चार लाख ४६ हजार ४९१ किलो चिनी आयात गरेको छ । उक्त परिमाणाको चिनी किन्न नेपालले गत महिना एक करोड ५० लाख पाँच हजार रूपैयाँ खर्च गरेको थियो ।

अहिले नेपालमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १०५ रूपैयाँ पर्ने गरेको छ ।

नयाँ सिजनमा चिनी उत्पादन ३।३ प्रतिशतले घट्ने सम्भावना

रिपोर्टका अनुसार अक्टोबरमा सुरु हुने नयाँ सिजनमा चिनी उत्पादन ३।३ प्रतिशतले घटेर ३१।७ मिलियन मेट्रिक टनमा झर्ने अनुमान गरिएको छ । वर्षा कम हुँदा दक्षिणी भारतको पश्चिमी राज्य महाराष्ट्र र कर्नाटकमा हुने उखु उत्पादनमा असर पर्न सक्छ। यी स्थानमा भारतीय चिनी उत्पादनको आधाभन्दा बढी हिस्सा ओगट्ने गरेको छ।

यसैबीच,चिनीको मूल्य मंगलबार प्रति मेट्रिक टन ३७,७६० भारतीय रूपैयाँ वा ४५४।८० डलर पुगेको छ । यो मूल्य सन् २०१७ को अक्टोबर यताकै उच्च स्तर हो। यद्यपि,भारतमा चिनीको मूल्य विश्वव्यापी सेतो चिनीको बेन्चमार्कको तुलनामा करिब ३८ प्रतिशत कम छ।

चिनी उत्पादक कम्पनीको शेयर बढ्यो

उत्पादन गर्ने क्षेत्रहरूमा मनसुन कमजोर हुँदा उत्पादनमा कमी आउने चिन्ताले बुधबार चिनी उत्पादन गर्ने कम्पनीहरूको शेयर मूल्य ८ प्रतिशतले बढेको छ । सुरूवातको कारोबारमा राना सुगरको शेयर ५ प्रतिशतले बढेको छ । यसैगरी, श्री रेणुका सुगर्स, द उगर सुगर, द्वारिकेश सुगर, इद प्यारी, त्रिवेणी इन्जिनियरिङ एन्ड इन्डस्ट्रिज र बलरामपुर चिनी मिल्सको शेयर सुरूवातको कारोबारमा १।४ प्रतिशतदेखि ८ प्रतिशतसम्मले बढेको छ ।

किन बढ्यो चिनी उत्पादक कम्पनीको शेयर रु

चिनीको भाउ बढेमा चिनी उत्पादकहरूको मार्जिनमा सुधार आउने अपेक्षामा चिनी उत्पादक कम्पनीहरूको शेयर बढेको हो। यतिबेला सुख्खा मौसमका कारण नयाँ सिजनमा उत्पादन ह्वात्तै घट्न सक्ने भन्दै चिनी मिल चिन्तित रहेका छन् । बम्बे सुगर मर्चेन्ट्स एसोसिएसनका अध्यक्ष अशोक जैनलाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ,“उत्पादकहरू कम मूल्यमा चिनी बेच्न इच्छुक छैनन्। बढ्दो मूल्यले बलरामपुर चिनी,द्वारिकेश चिनी, श्री रेणुका सुगर्स र डालमिया भारत जस्ता उत्पादकहरूलाई नोक्सान हुने पनि उनले बताए। चिनी, कम्पनीहरूको मार्जिन सुधार हुनेछ।ू

माग र आपूर्तिमा समस्याका कारण निर्यातमा प्रतिबन्ध आउन सक्ने

जैनका अनुसार माग र आपूर्तिको समस्याका कारण सरकारले चिनी निर्यातमा रोक लगाउन सक्छ । भारतले यो सिजनको सेप्टेम्बर ३० सम्ममा ६१ लाख मेट्रिक टन मात्र चिनी निर्यात गर्न मिलहरूलाई अनुमति दिएको छ भने अघिल्लो सिजनमा कीर्तिमानी ११।१ मिलियन मेट्रिक टन चिनी बिक्री गर्न अनुमति दिइएको थियो।

एजेन्सी ।