वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा


काठमाडौं महानगरपालिका–१६ का वडाअध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जलि अर्पण गर्न उहाँको पार्थिक शरीर राष्ट्रियसभा गृहमा राखिएको छ ।

सभागृह पुगेर रिजालको पार्थिक शरीरमा प्रमुख बालेन्द्र साहले काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । साथै उपप्रमुख सुनीता डङ्गोलसहित अन्य व्यक्तिहरुले पनि रिजालप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

उहाँको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राख्ने, १२ः३० देखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलिका लागि राख्ने र दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम छ ।

रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।-गोरखापत्रबाट