अस्ताए सुवास 


blog

अहिले अस्पतालमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पुग्नु भएको छ । संविधानविद एवम् कुशल राजनीतिज्ञ सुवासको हृदयाघातबाट निधन भएको हो ।

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष आदरणीय क. सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उहांलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएका छन् । वहाँको विद्वता,शालीनता र सहनशीलता अनुकरणीय र प्रशंसनीय छ।
सम्विधान निर्माणमा खेल्नुभएको भूमिका अतुलनीय छ।

को हुन् सुवास ? 

संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । उहाँ पाँचौं पटक विजयी बन्नु भएको हो । यस पटक नेम्वाङ ३० हजार २० मत प्राप्त गर्दै विजयी बन्नुभयो ।

नेम्वाङका निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याउनुभयो । नेम्वाङ जम्मा ११४ मतको अन्तरले खड्कालाई पराजित गर्नुभयो ।

नेम्बाङ २०५६ र ०७४ सालको संसदीय निर्वाचनमा विजयी बन्नुभएको थियो । यस्तै २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा पनि इलाम क्षेत्र नं। २ बाटै विजयी हुनुभएको थियो । २०४८ र २०५१ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य समेत बन्नुभएको थियो ।

एक पटक संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बन्नुभएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री समेत हुनुभयो । सभामुख र दुवै संविधानसभाका अध्यक्षको भूमिका निर्वाह गरिसक्नु भएका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत हुनुभएको थियो ।