सुवास नेम्वाङको अन्तिम बिदाइ


संविधानसभा अध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेवाङको बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो ।

फूलमालाले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखिएको छ । त्यहाँ परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन् । अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए । धार्मिक कर्मपुरा गरेसंगै उनको दाहसंस्कार सुरु गरिने छ ।

यसअघि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो । उनको अन्त्येष्टि मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिँदै छ ।

शवयात्रामा नेपाली सेनाको ब्याण्ड टोली अघि–अघि र शव बोकेको गाडी पछि–पछि थियो । यात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी छन् ।

संविधानसभा अध्यक्ष नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा पनि सर्वसाधारणको निकै भिड लागेको छ । शुभचिन्तकहरु उनीहरु हातमा फूलमाला लिएर लामबद्ध भएको देख्न सकिन्छ । यो क्षणको दृष्य क्यामरामा कैद गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यव सर्वसाधाररणको समेत उतिकै भिड छ ।

गत मंगलबार निधन भएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । विभिन्न समूह तथा व्यक्तिहरुले नेवाङलाई कियक्ष्चन धर्मको प्रवर्तक भन्ने आरोप समेत पशुपति आर्यघाटमा हिन्दु विधि प्रक्रियाबाट गरिएसंग उनी प्रतिका सबै भ्रम सकिएका छन् ।