संविधान दिवसका अवसरमा एमालेको विशेष कार्यक्रम, राष्ट्रिय झण्डासँग सेल्फी 


नेकपा एमालेले संविधान दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौं नक्सालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै एक भिडिओ सन्देशमार्फत राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।

बुधवार बिहानैदेखि नारायण चौरमा सेल्फी खिचाउने युवायुवतीको भिड लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले पनि सेल्फी खिच्नुभएको छ । नारायण चौर क्षेत्रमा वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ । साथै त्यहाँ राष्ट्रिय दिवस, हाम्रो लोकतन्त्र, हाम्रो गणतन्त्र, हाम्रो संविधान लेखिएका बोर्डहरू राखिएका छन् । फोटो गणेश बस्नेत अध्यक्ष प्रेस चौतारी नेपाल