इन्द्रेणी फाउण्डेशनबाट बाढीपिडितसहित कलाकारलाई सहयोग हस्तान्तरण


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनले ताप्लेजुङ मेहेलेका बाढीपिडितलाई थप ३ लाख १३ हजार ४ सय ८२ रुपैयाँ हस्तान्तरण गरेको छ । इन्द्रेणी कार्यक्रम छायाङकन स्टुडियोमा फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले विभिन्न व्यक्ति, समूह तथा सहयोगीहरुबाट प्राप्त रकम हस्तान्तरण गरेका हुन । इन्द्रेणीको टिम बाढी पिडितलाई राहात वितरण गर्न ताप्लेजुङ नै पुगेको थियो ।

यसरी गरी वरिष्ठ कलाकार तथा सर्जक सिन्धुपाल्चोकका कलाकार रेशम थापालाई १ लाख २३ हजार ५ सय ८८ रुपैयाँ निजको नाममा आएको रकम हस्तान्तरण भएको छ ।

फाउण्डेशन मार्फत विभिन्न प्रकारका बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ । स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट प्राप्त रकमबाट फाउण्डेशनले पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेको हो । उपचार गर्न आर्थिक अभावका कारण जोखिममा परेका व्यक्ति, सडक मानव, मृगौलामा समस्या, क्यान्सर पिडित, मुटुरोगी प्रकृतिक प्रकोपमा परि घरबार विहिन भएकाहरुलगाएत बिभिन्न समस्याहरु भोगिरहेको पिडितहरुलाई फाउण्डेशनले आर्थिक सहयोग गर्दै आईरहेको छ ।

फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न सेवा, सन्देश र मनोरञ्जनका साथमा पीडितहरुलाई सहयोग गर्ने अभियानलाई ढेड दर्शक देखि निरन्तरता दिएका छन् । हुनेले दिने र नहुनेले लिने मान्यता अनुरुप फाउण्डेशन मार्फत मुलुकका विभिन्न स्थानमा कार्यक्रम सांगितिक कार्यक्रम पुस्तुत गरि सहयोग आदान प्रदान हुदै आएको छ ।

त्यसै गरी विदेशमा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्ने समुदायका मानिसहरुले नेपालमा समस्यामा परेका व्यक्ति, समुदाय, गौशालालगायतका क्षेत्रमा फाउण्डेशन मार्फतले निरन्तर रुपमा सहयोग गर्दै आएको हो ।

इन्द्रेणी कार्यक्रममा प्रशारण भएको विभिन्न दुःखी पीडित तथा असहायहरुको सहयोगका लागि विभिन्न महानुभावहरुले स्वयमको नाम पठाएको रकम समेत फाउण्डेशनले हस्तान्तरण गरेको हो ।दोहोरी युटुव च्यानल इन्द्रेणी डटकमबाट हेर्ने र सुन्न सकिन्छ । इन्द्रेणी मार्फत जस्ताको तस्तै सम्बन्धित व्यक्ति तथा संस्थालाई स्टुडियो कार्यक्रममा हस्तान्तरण गरेको सहयोग रकम यसप्रकार छ ।

इन्द्रेणीका सम्पूर्ण कार्यक्रमहरु इन्द्रेणीयुटुव च्यानल मार्फत आफुलाई मन लागेको समयमा विश्वको जुनसुकै स्थानबाट समेत हेर्न सकिन्छ ।

इन्द्रेणी मार्फत सहयोग प्राप्त गर्नेहरुबो विवरण यसप्रकार छ ।
निलमणी अधिकारी २५ हजार भोजपुर
माइला तामाङ १५ हजार मेरुदण्ड भाँचिएको २० हजार
हिरा शर्मा दैलेख टाउकोमाा समस्या ५२ हजार निजको नाममा प्राप्त सहयोग ।
पम्फा भण्डारी नसामा समस्या २० हजार रामेछाप
गीत संघ नेपाल ३० हजार
छक्क बहादुर बुढा क्यान्सर कालीकोट
दिपा भट्टराई मृगौला फेल २० हजार नवरपरासी
छत्रबहादुर दर्जी ओखलढुंगा १५ हजार डिप्रेशन
राजु शर्मा मृगौला फेल २० हजार दैलेख
रिता श्रेष्ठ २० हजार मृगौला फेल सोलुखुम्बु्
विकास नेपाली २० हजार कानको जाली फुटेको सल्यान