ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभवको पुस्तान्तरण गर्न मन्त्री आचार्य


महिला, बालकालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले ज्येष्ठ नागरिकसँग भएको ज्ञान सिप र अनुभवलाई आधुनिक प्रविधि र देशको विकाससँग जोड्न आवश्यक रहेको बताएका छन् । उनले ज्येष्ठ नागरिकमा भएको ज्ञान उपयोग गर्न र त्यस्तो ज्ञान सिप र अनुभवको पुस्तान्तरण गर्न अति आवश्यक रहेको बताए ।

ज्येष्ठ नागरिकको अनुभवलाई देशको विकाससँग जोड्न आवश्यक स् मन्त्री आचार्य

आइतबार ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा मन्त्री आचार्यले ज्येष्ठ नागरिकको सम्मान र सामाजिक सुरक्षामा सरकारले विशेष ध्यान दिएको भन्दै अब उनीहरुको ज्ञान सिप र अनुभवलाई आधुनिक प्रविधि र विकाससँग जोड्न र पुस्तान्तरण गर्न योजना बनाएर अघि बढ्ने बताए ।

 

मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरु बर्तमान पुस्ताको बोझ नभई आत्मसम्मान र गौरवका धरोहर हुन् भन्ने मान्यतालाई समाजले आत्मसात् गर्नुपर्ने बताए ।

ुज्येष्ठ नागरिकमा हुने एक्लोपन हटाउन तथा तेस्रो पुस्तामा ज्येष्ठ नागरिकहरुप्रति सम्मान जगाउन आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । सबै ज्येष्ठ नागरिकले लामो अवधि कुनै न कुनै रुपमा सक्रिय रही ज्ञान आर्जन गर्नुभएको छ,ु उनले भने, ुज्येष्ठ नागरिक खुला पुस्तकको रुपमा नै हुनुहुन्छ । ज्येष्ठ नागरिकहरुमा देशलाई उन्नत बनाउन सक्ने आर्थिक सामाजिक र नीतिगत ज्ञान छ ।ु

मन्त्री आचार्यले हाम्रो संस्कृतिले मानेको ुमातृ देवो भव पितृ देवो भवुको आदर्शलाई आत्मसात गर्दै ज्येष्ठ नागरिकमैत्री वातावरण तयार गर्न जरुरी रहेको बताए ।

 

ुयो अवस्थाले परिवारका सदस्यहरुमा पारिवारिक भावनाको कमी हुनाको साथै बालबालिकामा अघिल्लै पुस्तासंगको अन्तरघुलनमा समेत बाधा पुर्‍याएको छ,ु उनले भने, ुयसले हाम्रा प्रथा परम्परा भाषा संस्कृतिलाई समेत विस्मरणको घेराभित्र धकेल्दैछ ।ु