७ बुदे घोषणापत्र सार्वजनिक गर्दै दोस्रो पर्यटन सम्मेलन सम्पन्न


सात बुँदे घोषणापत्र सार्वजनिक गर्दै पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा शुक्रवार देखि पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको थियो ।
सम्मेलन पछि जारी घोषणापत्रमा महत्वपूर्ण जिओपार्क निर्माणको सम्भावित स्थलहरुको पहिचानका लागि सरकारलाई सिफारिश गर्ने , उच्च हिमालय क्षेत्रमा दीगो पर्यटनको विकासमा जोड दिने , उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको जीवनयापन तथा उनीहरुको हीतको लागि काम गर्ने ,पर्यतीय पर्यटनमा वातावरण मैत्री प्रविधि प्रयोगमा जोड दिने तथा पर्यटनको बजारिकरण र योवनाबद्ध विकासमा जोड दिने लगायतका बुँदाहरु समावेश गरिएको छ ।
तीन दिनसम्म चलेको सम्मेलनमा नेपाल सहित भारत, चीन, बंगलादेश, भुटान, पाकिस्तान, भियतनाम,संयुक्त राज्य अमेरिका, बेलायत, जापान, कोरिया,अष्टे«लिया, स्पेन, चिली र पोल्याण्डका प्रतिष्ठित वैज्ञानिक र प्राज्ञिक विज्ञहरूले सय बढी अनुन्धानमा आधारित प्रतिवेदन सहहितको प्राविधिक छलफल र मुख्य प्रस्तुतिहरू रहेका थिए ।
सम्मेलनमा विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय र समग्र वातावरणमा पारेको असरबारे गम्भीर चिन्ता र चासो व्यक्त गर्दै हिमालहरुको संरक्षण गर्न नसके यसले प्राकृतिक र मानवीय दुवै क्षेत्रमा गम्भीर परिणाम ल्याउन सक्ने भन्दै सरोकारवालाहरूलाई गम्भीर बन्न सुझाव समेत दिएका थिए । साथै उनीहरुले पर्यटनको लागि हिमालको दिगो व्यवस्थापनको लागि सरोकारवालाहरू सबैको चासो र एकीकृत प्रयास आवश्यक भएकोमा समेत जोड दिएका थिए ।
सम्मेलनमा विभिन्न देशका दुई सय भन्दा बढी वैज्ञानिक र प्राज्ञिक विज्ञहरूको सहभागिता रहेको थियो । सम्मेलन पछि प्रतिक्रिया दिँदै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मीले सम्मेलन दिगो हिमाल विकास र नदी संरक्षण प्रवर्द्धनका साथै चुनौति, सफलताका कथा र उत्कृष्ट अभ्यासहरू सहित ज्ञान आदानप्रदान गर्न कोसेढुङ्गा भएको बताउनु भयो । उहाँले नेपालको प्रवद्र्धन र दिगो विकासका लागि योजना र कार्यान्वयन गर्नुअघि पर्यटन क्षेत्रलाई राम्रो तथ्याङ्कले लैजान सक्ने ज्ञान आदानप्रदान मञ्चको महत्वमा जोड दिँदै पर्यटनका लागि समावेशी र पहुँचयोग्य डाटा प्रणाली निर्माणलाई प्राथमिकता दिईने उल्लेख गर्नु भयो ।
“जलवायु परिवर्तनका मुद्धा कुनै एक देशकोमात्र मुद्धा नभएर विश्वका साझा मुद्धा हुन । यसबारे विश्वस्तरमा नै छलफल र बहस पैरवी आवश्यक छ । त्यो पहल हामीले शुरु गरेका छौं । यसबाट हिमालहरुको संरक्षण र यसबाट पर्यतीय पर्यटनको विकासमा टेवा पुग्छ भन्ने विश्वास छ । ”उहाँले भन्नु भयो ।
काठमाडौं विश्वविद्यालयका डा। रिजनभक्त कायस्थले घोषणापत्र सार्वजनिक गर्दै सम्मेलनको तेस्रो संस्करण सन् २०२४ मा चितवनमा आयोजना गर्ने जानकारी दिनुभयो । प्रथम अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास सम्मेलन–२०२२ गतवर्षको मंसिर मंसिर १५, १६ र १७ गते काठमाण्डौंको चन्द्रागिरिमा आयोजना गरिएको थियो ।