आज अन्तर्राष्ट्रिय बालिका दिवस


अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी छ ।

दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तीकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम हुँदैछ । सोही अवसरमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले शासन तथा सेवा प्रवाहका विविध क्षेत्रमा बालिकाको नेतृत्व स्थापित गराउन भूमिका ग्रहण ९गर्ल्स टेकओभर० मा सहजीकरण कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तर्क्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तम पौडेलले जनाउनुभयो । रासस