नेपाली विद्यार्थीको उद्धार र स्वदेश फिर्ताको प्रबन्ध गर्न परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको हो ।
बैठकपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले इजरायलमा जोखिममा रहेका नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री साउद नेतृत्वको टोली त्यसतर्फ जाने तयारी भएको बताए ।
ुमृतकहरुको शव ल्याउन एउटा कानुनी प्रक्रिया रहेछ त्यो पूरा भएपछि आउँछ,ु उनले भने, ुबाँकी घाइते, जोखिममा रहेका र अन्य नेपालीहरुको हकमा स्वदेश फिर्ताको प्रबन्ध गर्न परराष्ट्रमन्त्रीजी आफैं त्यसतर्फ जाने तयारीमा हुनुहुन्छ ।ु
उनका अनुसार बुधबारै राति मन्त्रीसहितको टोली विमान लिएर इजरायल जाँदैछ ।
यता प्रधानमन्त्री प्रचण्डले इजरायलमा नेपाली नागरिकको उद्दारमा नेपाल एयरलाइन्सको जहाज पठाउन भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरुलाई
बोलाई त्यसको जानकारी लिनुको साथै आज कुनै हालतमा पनि जहाज पठाउन निर्देशन गरेका थिए ।