प्रधानमन्त्रीद्वारा एसियाली खेलकूदका विजयी खेलाडीलाई बधाई


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको प्रवद्र्धनका लागि आफू सरकार प्रमुखको हैसियतले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । आज साँझ सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा चीनमा आयोजित १९ औं एसियाली खेलकूदमा विजयी खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुहुँदै प्रधानमन्त्रीले आउने दिनमा अझै ठुलो सफलता प्राप्त गर्नेगरी लाग्न शुभकामना दिनुभयो । उहाँले यसपटकको एसियाली खेलकूदमा महिलाहरुको प्रस्तुति नौलो भएको उल्लेख गर्दै आउने दिनमा अझै ठूला सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफु खेलाडीलाई हौसला प्रदान गर्न होङजाओ पुगेर एसियाली गेम्स उद्घाटनमा सहभागी भएको स्मरण गर्दै विजेता खेलाडीलाई उचित पुरस्कार दिने काममा आफू लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही कानुनी जटिलताले ढिलाइ हुन पुगेको हो, अब त्यसको पनि समाधान भएको छ ।’
उहाँले खेल क्षेत्रको विकासका लागि सरकारको अंग आफूलाई ठानेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको अङ्ग म पनि हो भन्ने हामी सबैले ठान्यौं । हामीले केही अन्तर्राष्ट्रिय पदक हासिल गरेका छौं । केही मेडल ल्यायौं ।’

प्रधानमन्त्री प्रचण्डले चीन जाने बेलामा आफूले महिला सहभागिता देखेर बधाई दिएको थिएँ । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनुभयो । तपाईंहरूलाई बधाई दिन चाहन्छु । खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिएँ । नियमावली पास गरेका थियौं । आजको क्याबिनेटमा निकासाका लागि निर्णय भयो र अब एक हप्तामा त्यो आउँछ ।’

नेपालको खेल विश्वले हेरेको बताउँदै क्रिकेटमा अन्तर्राष्ट्रिय रेकर्ड राखेको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघ पुगेर आए । यसपालि नेपाललाई विश्वले देखेको छ, सुनेको छ । तपाईंहरूले पनि विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नुभएको छ । तपाईंहरुको प्रस्तुतिले पनि नेपाललाई विश्वले देख्ने र सुन्ने स्थानमा पुर्याएको छ ।’ उहाँले नेपाली खेलाडीको एसियाली खेलमा गरेको प्रस्तुतिले आफूलाई खुसी र गर्वको महशुस भएको बताउनुभयो ।

खेलाडी सम्मान कार्यक्रम आएदेखी खेलाडीलाई पुरुस्कार दिने काममा लागेको केही कानुनी जटिलताले ढिलाइ भयो । सम्माननीय प्रधानमन्त्री ज्युले पनि त्यही पुगेर हौसला दिनु भयो। सरकारको अङ्ग म पनि हो भन्ने हामी सबैले ठान्यौ। हामीले केही अन्तर्राष्ट्रिय रेकर्ड बनायौ। केही मेडल ल्यायौ। सुधारको काममा मम भनेर काम गरौं । कृकेट रंगशाला बनाउन तुरुन्तै लाग्छौ। सम्माननीय ज्युको खेलप्रतिको लगाव र मायाले हामी गर्न सक्छौ। कबड्डीलाई उदारतापुर्वक सरकारले सहभागी नगाराको भए कहाँ अवसर हुन्थ्यो ? खेलाडीले भन्नुभएको छ।

कबड्डी र करातेमा प्राप्त मेडलको लागि बधाई एवं आउने दिनमा अझै ठुलो सफलताको शुभकामना ! मैले जादा महिला सहभागिताको लागि बधाई दिएको थिए । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनु भयो तपाईंहरुलाई बधाई दिन चाहन्छु । खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिए। नियमावली पास गरेका थियौं आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ। अरु देशको तयारी तपाईंले देख्नु भयो। हाम्रो उपस्थिति र प्रस्तुति राम्रो थियो। केहि अन्तर्राष्ट्रिय रेकर्ड तयार गर्नु भो। म संयुक्त राष्ट्रसंघ पुगेर आए। यसपाली नेपाललाई विश्वले देखेको छ, सुनेको छ। तपाईंहरुको विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नु भएको छ। सरकारको प्रमुखको हैसियतले आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने कार्यक्रम राख्नेछु।