आजदेखि नयाँ नोट पाइने


दसैँ तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सुरु गरेको छ ।

प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैङ्कले जनाएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।