टीकाको दिन मौसम हेरेर यात्रा गरौं


जल तथा मौसम विज्ञान विभागले दसैंको टीकाको दिन देशभरको पहाडी क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा चट्याङ्गसहितको वर्षाको पूर्वानुमान गरेको छ ।

त्यसैगरी वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा हिमाली क्षेत्रको एक दुई स्थानमा हल्का सम्भावना रहेको छ ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ, विभागले सोमबार बिहान जारी गरेको मौसम बुलेटिनमा भनिएको छ, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सो बुलेटिनमा नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने उल्लेख छ ।

विभागले सोमबार दिनभर सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहने चेतावनी जारी गरेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहने छ । तसर्थ वर्षा, चट्याङ र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ, विभागले भनेको छ ।

बुधबार भनेको कोशी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ, बुलेटिनमा भनिएको छ ।