बिहीबार काठमाडौं लगायत देशभर चिसो बढ्यो सतर्कता अपनाउन अनुरोध


बिहीबार काठमाडौं लगायत देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा मौसम बदली रही धुम्म रहेको छ । तराईका केहि स्थानमा हुस्सु लागेको छ।

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसका कारण आज कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकाध स्थानमा हल्का हिमपातको पुर्वानुमान गरिएको छ। देशका बाँकी भू(भागमा भने मौसम सामान्यतया सफा रहेको छ।

आज काठमाडौंको न्यूनतम तापक्रम ९।७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९।६ रहेको महाशाखाले जनाएको छ । यसैगरी, जुम्लाको न्यूनतम तापक्रम(२।७ डिग्री सेल्सियस र अधिकतम तापक्रम १७।२ डिग्री सेल्सियस रहेको छ ।

तर बिहानको समयमा देशको तराईका थोरै भू(भागहरूमा लागेको हुस्सु मध्यान्न पछि भने क्रमिक रुपमा सुधार हुँदै जाने पुर्वानुमान गरिएको छ । हुस्सुको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन जल तथा मौसम पुर्वानुमान महाशाखाले अनुरोध छ।

यसैगरी, कोशी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

शनिबारसम्म मौसममा बदली रहिरहने

यसैगरी, महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशको पहाडी भागमा मौसममा बदली रहने अवस्था छ। शुक्रबार कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

शनिबार पनि देशको पहाडी भू(भागमा आंशिक बदली रही देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने पुर्वानुमान गरिएको छ ।