‘काठमाडौँवासीलाई मेलम्चीको पानी खुवाउन ढिलो गर्नुहुँदैन’ : एमाले अध्यक्ष ओली


प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न सरकारले ढिलाइ गरेको भन्दै चाँडो व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौँवासीका लागि पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । पार्टीको झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

एमाले नेतृत्वको सरकारले मेलम्चीको पानी काठमाडौँ पुगाए पनि त्यसलाई पुनः व्यवस्थापन गर्न वर्तमान सरकारले ढिलाइ गरेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले जनतालाई निराश नहुन आग्रह गर्दै अब बन्ने एमाले नेतृत्वको सरकारले मुलुकको समृद्धिको काम गर्ने दाबी गर्नुभयो । एमालेले देशलाई बिग्रन नदिने उहाँले विश्वास दिलाउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यस सङ्कल्प यात्राको क्रममा अहिलेसम्म लाखौँ जनताको साथ र सहयोग पाइएको छ । जनताको आत्मीयता, माया, स्नेह, सम्मान प्राप्त भएको छ । साथ दिनुहुने यहाँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु ।’ देशको विकास र समृद्धिको योजना एमालेसँग भएको भन्दै उहाँले आगामी दिनमा त्यसकालागि एमालेले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो ।

‘मेलम्ची आयोजनाको कुरा हामीलाई थाहा छ । एमालेको सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौँमा झर्ने नै थिएन । कथा हालेर मेलम्चीको पानी काठमाडौँ झर्दैन’ अध्यक्ष ओलीले थप्नुभयो, “मेलम्चीको मुहान मर्मत, सम्भार जे गर्नुपर्छ गर्नुपर्छ । त्यसलाई कतिबेर बन्द गर्ने, कतिबेर खोल्ने भन्ने कुरा पनि सञ्चालकहरूले थाहा पाउनुपर्छ । यसलाई पुनः हामी व्यवस्थापन गरेर पानी खुवाउँछौँ ।”

एमालेले देश बिग्रन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । “हाम्रो देश अहिले आर्थिक रूपले ओरालो लागेको छ । यसलाई रोक्छौँ । फेरि सकारात्मक बाटोमा फर्काउँछौँ” अध्यक्ष ओलीले थप्नुभयो, “तपाईँहरू ढुक्क हुनुस् यो देशमा नेकपा एमाले पार्टी छ । समृद्ध नेपालस् सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई आफ्नो गन्तव्य बनाएर हिँडेको छ । यहाँको विकास, निर्माण कसरी गर्नुपर्छ हामीले बुझेका छौंं ।”

अध्यक्ष ओलीले यात्राको क्रममा सोमबार ९भोलि० दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो दलले जनाएको छ ।