चन्द्रागिरि नगरपालिकामा नक्सा पास अनलाइनबाट


चन्द्रागिरि नगरपालिकाले पुर्ण विद्युतिय माध्यमबाट घर नक्सा पास प्रणालीको शुरूवात गरेको छ।
आज नगर प्रमुख घनश्याम गिरीले पहिलोपटक विद्युतिय हस्ताक्षर सहितको भवन निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गर्दै सो प्रणालीको शुरूवात भएको जानकारी गराउनु भयो। अनलाइन घर नक्सा पास ब्यवस्थापन प्रणाली इविपिएस अनुसार सो सेवा सुरु भएसंगै अब सेवाग्राहीले अनलाइनबाट नै घर नक्सा पासको निवेदन दिन सक्ने र फाइल बोकेर वडा र पालिका धाउनु नपर्ने र छिटो छरितो तथा पारदर्शी सेवा प्राप्त गर्ने नगर प्रमुख गिरीले बताउनु भयो।
अब घटना दर्ता लगायत अन्य सेवा पनि अनलाइन प्रणाली मार्फतनै हुने र बिस्तारै नगरपालिकाको सम्पूर्ण सेवा अनलाइन मार्फत प्रदान गरि नगरपालिकालाई पुर्ण रूपमा डिजिटल नगरपालिका बनाउन प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो ।