भारतले नेपाली क्रिकेट टिमलाई सहयोग गर्ने


नेपाललाई ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीको लागि भारतले सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस। जयशंकरले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

विश्वकप तयारीका लागि भारतले नेपाली क्रिकेट टिमलाई सहयोग गर्ने

जयशंकरले ट्विट गर्दै नेपालमा क्रिकेटको विकासको लागि पनि सहयोग गर्ने उल्लेख गरेका छन् । नेपाल भ्रमणका क्रममा रहेका जयशंकरले बिहीबार साँझ नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितका पदाधिकारी र खेलाडीहरूलाई भेटेका थिए ।

नेपाल गत कात्तिकमा यूएईविरुद्धको ट्वान्टी(२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको थियो । नेपालले दशकपछि ट्वान्टी(२० विश्वकप खेल्न लागेको हो । नेपालले यसअघि पहिलो र पछिल्लो विश्वकप २०१४ मा बंगलादेशमा खेलेको थियो ।