राष्ट्रिय सभा निर्वाचनः उम्मेद्वारविरुद्ध आज उजुरी दिन सकिने


राष्ट्रिय सभाको १९ सिटका लागि सोमबार मनोनयन दर्ता गराएका ५२ जना उम्मेद्वारविरुद्ध आज ९पुस २४ गते० मंगलबार दाबीविरोध तथा उजुरी दिन सकिनेछ। उम्मेद्वारविरुद्ध परेको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेद्वारीको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

त्यसैगरी, पुसको २७ गते नाम फिर्ता लिन चाहने उम्मेद्वारको नाम फिर्ता र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ। उम्मेद्वारहरुलाई पुस २८ गते, शनिबार, निर्वाचन चिह्न प्रदान गरिने छ।

मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ।