पृथ्वी जयन्तीमा एकता दिवस मनाउनु राम्रो : अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पुथ्वी जयन्तीलाई एकता दिवसका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यक्रम गर्नु राम्रो भएको बताउनु भयो । उहाँले नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीमा कार्यक्रम गरेकामा राप्रपालाई धन्यवादसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘एकता दिवस भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन कार्यक्रम गरेको छ, त्यसका लागि उहाँहरुलाई धन्यवाद छ । यो राम्रो काम गर्नुभएको छ ।’’

राप्रपाको चियापान कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरुको पनि उपस्थिति रहेको थियो ।