शीतलहरका कारण जनजीवन कष्टकर


तराई मधेसमा लगातार दुई सातादेखि बढेको चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ । चिसोको कारण गरिब, विपन्न, वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरी महिला बढी प्रभावित छन् । शीतलहर र बाक्लो हुस्सुका कारण राजमार्गमा यातायातका साधन कम देखिएका छन्, दिउँसै बत्ती बालेर सवारीसाधन चलाउनुपर्ने अवस्था छ । चिसोले बजार क्षेत्रमा चहलपहल घटेको छ । रौतहटका प्रमुख जिल्ला हिरालाल रेग्मीले जिल्ला विपत् व्यवस्थापन कोषबाट ब्याङ्ल्केट खरिद गरेर गरिब, विपन्न, दलित, एकल महिला, वृद्धवृद्धा, कारागारका थुनुवा, सरकारी अस्पतालका बिरामीलाई वितरण गरिएको बताएका छन् ।

‘रौतहटमा स्थानीय तहले खासै केही गरेका छैनन्, हामीले विपत् व्यवस्थापन समिति कोषको रकमबाट न्यानो कपडा खरिद गरेर वितरण गरेका छौ’ रौतहटका प्रजिअ रेग्मीले भने ‘देशभरकै ७७ वटै जिल्लामा विपत् व्यवस्थापन समितिको कोषमा रकम छ । यस्तै विपत्को अवस्थामा यो रकम खर्च गर्ने हो ।’ रौतहटमा स्थानीय प्रशासनले गत वर्ष खरिद गरेर बाँकी रहेको र थप खरिद गरी करिब २ हजार ब्याङ्लकेट वितरण गरेको जनाएको छ । रौतहटका स्थानीय तहहरूले गत वर्ष माघ १० गते पछिदेखि घाम लागेकोले अब न्यानो कपडा वितरण खासै आवश्यक नरहेको दाबी गर्दै आएका छन् । रातोपाटीबाट…