काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालको पूर्वाञ्चल क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आगामी माघ २४ गते सुनसरीको इटहरीमा उक्त प्रशिक्षण आयोजना गरिएको सो पार्टीले जनाएको छ । मुलुकका विभिन्न ६ ठाउँमा पार्टीले यस्तै खाले भेला र प्रशिक्षण सम्पन्न गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।
महामन्त्री वर्तौलाका अनुसार सात स्थानमा क्षेत्रीय स्तरको भेला प्रशिक्षण सम्पन्न भएपछि जिल्ला तहमा सघन रुपमा प्रशिक्षण सञ्चालन गरिनेछ । काठमाडौँ, महोत्तरी, रुपन्देही, सुर्खेत, कञ्चनपुर र पोखरामा प्रशिक्षण सम्पन्न गरिसकेको सो पार्टीले अव इटहरीमा गर्न लागेको हो । माघ २४ को कार्यक्रमका सुनसरी जिल्ला समितिको बैठक बसी तयारी सुरु भैसकेको र जिम्मेवारी विभाजन गरी विभिन्न समितिहरू समेत निर्माण गर्ने काम गरिएको सह–महामन्त्री प्रेमप्रसाद भट्टराईले जानकारी दिए । रातोपाटीबाट…