काँकरभिट्टा–लौकही सडकको परामर्शदाता छनोटमा ‘मिलेमतो’ गरेको आरोप


झापास्थित काँकरभिट्टा–लौकही सडकको परामर्शदाता छनोटमा ‘मिलेमतो’ गरेको आरोप लागेको छ । एसियाली विकाश बैंकको ऋण सहयोगमा बन्न लागेको काँकरभिट्टा–लौकही सडकमा कोरियन कम्पनी ‘सुसुङ’लाई परामर्शदाता नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा छ । कोरियन कम्पनी सुसुङको नेपाली प्रतिनिधि ‘जियो कामे’ हो । जियो कामेका सञ्चालक हुन्, नेपाल इन्जिनियरिङ एसोएियसनका महासचिव रवि भूषण झा । एसियाली विकाश बैंकले आयोजनाको परामर्शदाताका लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

सर्ट लिस्टमा छैटौँ नम्बरमा रहेको सुसुङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले ‘मिलेमतो’ मा परामर्शदाता नियुक्त गर्न लागेका हुन् । काँकरभिट्टा–लौकही सडक आयोजना निर्देशनालयका एकजना अधिकृतका अनुसार सर्ट लिस्टमा परेका ६ वटा कम्पनीका सञ्चालकहरूसँग सचिव शर्माले छुट्टाछुट्टै भेट गरेका थिए । मन्त्रालयका सचिव शर्माले ‘मिलेमतो’ गरेर सुसुङलाई परामर्शदाता नियुक्त गर्न लागेको भन्दै मङ्सिर १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । रातोपाटीबाट…