युट्युबरले आफ्नो दुरुपयोग गरेर डलर कमाएर खाए : तेजेन्द्र परियार


केहि समय अगाडी के छ हजुर भन्दै चर्चामा आएका बाल गायक सचिन परियार केही समयदेखि बिरामी छन् । अनौठो हाउभाउ र बोलीका कारण भाइरल सचिनको अहिले कम्मरमुनिको भाग राम्रोसँग चल्दैन । सचिनका बाबु तेजेन्द्र परियार केहि दिन अगाडी इन्द्रेणी आएका थिए । उन्ले इन्द्रेणीबाट प्राप्त सहयोग लगेर सचिनलाई केही दिन अगाडी हेटौँडा उपचारका लागि लगेका थिए । केही सुधार भएपनि काठमाडौँ फर्किएका छन् । हेटौँडामा राम्रो आयुर्वेदिक अस्पताल छ भन्ने सुनेर लगेको र केही उपचार गरेर फर्किएको तेजेन्द्रले बताए । उनको स्वास्थ्यमा अझै राम्रो सुधार हुन भने सकेको छैन ।

तर उनको उपचारका लागि प्राप्त सहयोग दुरुपयोग हुने गरेको समेत आरोप लाग्दै आएको छ । उनको उपचारको रकम उनका बुबा तेजेन्द्र परियारले दुरुपयोग गरेको आरोप युट्युबर भोजराज थापाले समेत लगाएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनको उपचारका लागि यस अगाडि मोटो रकम उठेको दुरुपयोग भएको बताएका हुन् ।
थापाका अनुसार अघिल्लो पटक सचिन बिरामी पर्दा युट्युबरहरुको सक्रियतामा ११ लाख ६७ हजार ४१६ रुपैयाँ उठेको । त्यसमा ३ लाख ५७ हजार ८२४ रुपैयाँ खर्च भएर ८ लाख ९ हजार ५९२ रुपैयाँ बचत भएको थियो । यता बाबु तेजेन्द्रले भने सहयोग प्राप्त सबै रकम सचिनको उपचारमा खर्च भएको बताए । उनले विगत एक वर्षदेखि सचिनको उपचार भइरहेको र महिनामा औषधी मात्र २५ हजारको लाग्ने खुलाए ।

‘मलाई नसोधी जथाभाबी आरोप लगाएका छन् । त्यो पछि के हुन्छ आफै बुझ्छन् । म अहिले केही भन्दिन’ तेजेन्द्रले भने ‘दुरुपयोग गरे पनि, खाएर उठाए पनि सचिनलाई बचाएर राखेको छु । त्यो मेरो हातको कुरा हो उनीहरूको हैन ।’ सचिनको जिम्मेवारी आफू भएको समेत उनले सुनाए ।
‘दिएकोले हामीले दिएको भन्दैनन् । मिडियाले खाली हामीले पैसा उठाइदियौ भन्छन, उनले थपे ‘मैले मागेको पनि थिइन । दिएको हिसाब दिन जरुरी पनि छैन ।’ तेजेन्द्रले युट्युबले आफ्नो दुरुपयोग गरेर डलर उठाएर खाएको आरोप समेत लगाए