हर्क साम्पाङद्धारा कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कारबाही गर्न मन्त्रालयलाई पत्र


हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन् । कार्कीले कार्यकारणी समितिको बैठक बसाउन नसेका कारण प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकको समस्या सम्बोधन हुन नसकेको भन्दै मेयर राईले मन्त्रालयलाई कानुन बमोजिम कारबार्ही गर्न पत्र लेखेका हुन् ।

‘स्वास्थ्य मन्त्रालयबाट कार्यकारणी समितिको बैठक तुरुन्तै बसाउन निर्देशन दिएपनि हालसम्म कुनै बैठक राख्न नसकेकाले प्रतिष्ठान शिक्षक, कर्मचारी चिकित्सकको माग सम्बोधन जस्ता विषयमा अन्यौता देखिएको छ,’ पत्रमा भनिएको छ, ‘ हालको विद्यमान परिस्थितको समस्याको समाधान गर्न नसकेको हुँदा निजलाई कानुन मुताविक तुरुन्तै आवश्यक कारबाही अघि बढाइदिनहुन अनुरोध छ ।’
रातोपाटीबाट…